Renew / Re-registration
अनलाइन लाइसेन्स नवीकरण / पुनः दर्ता
नेपाल नर्सिङ काउन्सिल NNC को लाइसेन्स Renewal / Re-Registration गर्न निम्न चरणहरू पूरा गर्नुहोस्:
१. Sign Up गर्नुहोस्
आफ्नो नियमित रूपमा प्रयोग गर्ने व्यक्तिगत इमेल (Own Email Address ) ठेगाना प्रयोग गरी नयाँ खाता बनाउनुहोस्। उक्त इमेल ठेगाना आगामी दिनमा सेवा तथा आवश्यक सूचना र कागजात प्राप्त गर्न प्रयोग हुने भएकाले आफूले नियमित रूपमा पहुँच गर्न सक्ने इमेल( Own Email Address ) ठेगाना मात्र प्रयोग गर्नुहोस्।
२. Login गरी Email Verify गर्नुहोस्
(Own Email Address)
दर्ता गरिएको इमेल र पासवर्ड प्रयोग गरी Login गर्नुहोस् र इमेल Verification प्रक्रिया पूरा गर्नुहोस् ।
३. आफ्नो My License गर्नुहोस्
“Add Existing License” मा क्लिक गरी आफ्नो हालको लाइसेन्सलाई खातासँग Link गर्नुहोस् ।
४. License Details भर्नुहोस् र Verify गर्नुहोस्
निम्न विवरणहरू प्रविष्ट गर्नुहोस्:
License Number
Full Name
Program
प्रणालीले यी विवरणहरू तपाईको License Record सँग मिलाएर जाँच गर्नेछ। विवरणहरू सफलतापूर्वक मिलेपछि देखाइएको License Information जाँच गरी Confirm गरेर License Link गर्नुहोस् ।
५. आफ्नो विवरण पूरा गर्नुहोस्
License सफलतापूर्वक Link भएपछि आवश्यक विवरणहरू भर्नु तथा अद्यावधिक गर्नुहोस्:
Basic Information ( Required )
Document Upload Requirements
Passport-Size Photograph: Recent passport-size photograph with a plain/light background.
Signature: Sign on a clean white paper, capture/scan it clearly, and upload the image.
Citizenship Certificate: Upload a clear color scan of the original Citizenship Certificate (front and back). Photocopies are not accepted.
License Certificate – Front: Upload a clear color scan of the original License Certificate (front side) separately. Photocopies are not accepted.
License Certificate – Back: Upload a clear color scan of the original License Certificate (back side) separately. Photocopies are not accepted.
Academic Qualification Details ( Required )
Experience Details (Optional)
Training Details (Optional)
सबै जानकारी सही र पूर्ण भएको सुनिश्चित गरी Application Submit गर्नुहोस् ।
६. NNC Approval को प्रतीक्षा गर्नुहोस्
आवश्यक विवरण Submit गरेपछि NNC Approval को प्रतीक्षा गर्नुहोस्। Application Approved भएपछि सम्बन्धित Renewal / Re-Registration Fee तिर्न सकिनेछ।
७. Online Payment गर्नुहोस्
Online Payment सफल भएपछि Payment History मा “Payment Completed” देखिएपछि मात्र भुक्तानी प्रक्रिया सफल भएको मानिनेछ।
Note: यदि भुक्तानी काटिएको छ तर प्रणालीमा देखिएको छैन भने कृपया १ घण्टासम्म प्रतीक्षा गर्नुहोस्। यस अवधिमा पुनः भुक्तानी नगर्नुहोस्।
८. License NNC Office मा बुझाउनुहोस्
Payment पूरा भएपछि NNC ले निर्देशन गरेअनुसार आफ्नो License/Certificate तथा आवश्यक कागजातहरू नेपाल नर्सिङ काउन्सिल NNC कार्यालयमा बुझाउनुहोस्।
त्यसपछि NNC ले तपाईंको License Renewal / Re-Registration / Verification प्रक्रिया अगाडि बढाउनेछ ।
Renewal सम्बन्धी सूचना
Renew को हकमा:
License को म्याद सकिएको मितिले ९५ दिनभित्र Renewal प्रक्रिया पूरा गर्नुपर्नेछ । तोकिएको ९५ दिनभित्र Renewal प्रक्रिया पूरा नगरेमा उक्त License Re-Registration Process मा जानेछ ।
Payment सम्बन्धी
Renewal को लागि Payment गरेपछि Payment History मा “Payment Completed” देखिएमा, License को म्याद थप (Date Extend) गर्न NNC Office मा उपस्थित भई License को Date Extend गराउनुपर्नेछ ।
License Renew गर्न आउँदा अनिवार्य रूपमा आफ्नो License र Tax Clearance Certificate साथमा लिएर आउनुहोस्।
----कागजात पठाउने प्रक्रिया तल उल्लेख गरिएको छ। कृपया सोहीअनुसार आवश्यक कागजातहरू पठाउनुहोस्। ----
Re-Registration सम्बन्धी सूचना
Re-Registration को हकमा Payment गरेपछि Payment History मा “Payment Completed” देखिनुपर्छ ।
त्यसपछि My License मा “License Issued” देखिएपछि Re-Registration License लिन NNC Office आउँदा आफ्नो License अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।
Payment सम्बन्धी
Re-Registration को लागि Payment गरेपछि Payment History मा “Payment Completed” देखिपछि, त्यसपछि My License मा “License Issued” देखिएपछि Re-Registration License लिन NNC Office आउँदा आफ्नो License अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।
License Certificate लिन आउँदा अनिवार्य रूपमा आफ्नो पुरानो License र Tax Clearance Certificate साथमा लिएर आउनुहोस्।
----कागजात पठाउने प्रक्रिया तल उल्लेख गरिएको छ। कृपया सोहीअनुसार आवश्यक कागजातहरू पठाउनुहोस्। ----
आधिकारिक वेबसाइट: https://application.nnc.org.np/Account/Login
कागजात पठाउने प्रक्रिया
Online Payment सफल भई Payment History मा “Payment Completed” देखिएपछि उल्लेखित सम्पूर्ण आवश्यक कागजातहरू एकैपटक Email मार्फत पठाउनुहोस्।
कागजात पठाउने प्रक्रिया तल उल्लेख गरिएको छ। कृपया सोहीअनुसार आवश्यक कागजातहरू पठाउनुहोस्।
Email: verification@nnc.org.np
Email Subject को Format
License No - Applicant Name - Program
उदाहरण:
12345 - Parvati Bista - B.Sc. Nursing
Email मा Attachment
Email पठाउँदा Renew / Registration का लागि आवश्यक सम्पूर्ण कागजातहरू स्पष्ट रूपमा Scan गरी एउटै Email मा Attachment का रूपमा संलग्न गर्नुहोस्।
कृपया License Number, Applicant Name तथा Program सही रूपमा उल्लेख गरी आवश्यक सबै कागजातहरू पूर्ण रूपमा संलग्न भएको सुनिश्चित गर्नुहोस्।
Renew / Registration का लागि आवश्यक कागजातहरू
१. Nursing License Certificate
License Certificate को अगाडि र पछाडिको दुवै भागको स्पष्ट प्रतिलिपि/Scan पेश गर्नुपर्नेछ।
२. Academic Documents
सम्बन्धित Academic Qualification का आवश्यक प्रमाणपत्र तथा कागजातहरू स्पष्ट रूपमा Scan गरी संलग्न गर्नुहोस्।
३. Tax Clearance Certificate
सम्बन्धित Tax Clearance Certificate को स्पष्ट प्रतिलिपि/Scan संलग्न गर्नुहोस्।
महत्त्वपूर्ण: सबै कागजातहरू स्पष्ट रूपमा पढ्न सकिने गरी Scan गरी एकैपटक एउटै Email मा Attachment का रूपमा पठाउनुहोस्।

